Logo

२ चैत्र २०८१, शनिबार

काठमाडौं– संसद सचिवालयको सुरक्षामा खटिएका एक सुरक्षाकर्मी मृत अवस्थामा भेटिएका छन् ।

दोलखा मेलुङ–४ घर भएका २२ वर्षीय प्रहरी जवान अजित गोले मृत भेटिएको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर  कार्कीले जानकारी दिए ।

उनले गोले आफैँले गोली हानी आत्महत्या गरेको हुनसक्ने बताए । घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

संसद भवनको दुई नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा करिब सवा आठ बजेतिर उनी मृत फेला परेका थिए ।

गाेले नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदल कपनमा दरबन्दी भई संघीय संसद सुरक्षा बेस नयाँबानेश्वरमा कार्यरत थिए ।

प्रकाशित मिति: ६ असार २०८१, बुधबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *