नेपाली स्किनकेयर क्षेत्रमा सक्रिय ब्रान्ड नबलक्सले बुटवलमा ‘नबलक्स ग्लो फेस्ट २०२६’ आयोजना गर्ने भएको छ। असोज २४ गते शनिबार बुटवलको भेल्भेट लक्स होटलमा आयोजना हुने फेस्टमा कन्टेन्ट क्रिएटर, मेकअप आर्टिस्ट, ब्यूटी इन्थुजियास्ट तथा डिजिटल क्रिएटरहरूको सहभागिता रहनेछ।
नबलक्सको ब्रान्ड प्रवर्द्धनसँगै क्रिएटरहरूबीच भेटघाट, अनुभव आदानप्रदान र नेटवर्किङका लागि फेस्ट आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी क्रिएटरहरूले स्किनकेयर र ब्यूटीसम्बन्धी आफ्ना अनुभव तथा सिर्जनात्मक कामहरू प्रस्तुत गर्ने अवसरसमेत पाउनेछन्।
फेस्टको मुख्य आकर्षणका रूपमा ‘नबलक्स ग्लो फेस – काठमाडौं २०२६’ घोषणा गरिनेछ। नबलक्ससँगको सहकार्यमा सिर्जनात्मक सामग्री निर्माण तथा ब्रान्डसँग जोडिएर काम गर्ने क्रिएटरमध्येबाट ग्लो फेस २०२६ छनोट गरिने आयोजकले जनाएको छ।
यसैगरी, कार्यक्रममा नबलक्सका नयाँ स्किनकेयर उत्पादनहरू सार्वजनिक गरिने छन्। नयाँ उत्पादनबारे जानकारी दिनुका साथै सहभागीहरूले उत्पादनको अनुभव लिन सक्ने व्यवस्था पनि गरिने छ।
नबलक्स ग्लो फेस्टको पहिलो संस्करण काठमाडौँमा सफलतापूर्वक आयोजना गरेपछि यस वर्षको फेस्टलाई बुटवलमा विस्तार गरिएको हो। आयोजकका अनुसार फेस्टले ब्यूटी तथा स्किनकेयर क्षेत्रमा काम गरिरहेका स्थानीय कन्टेन्ट क्रिएटर र डिजिटल समुदायलाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्य राखेको छ।




