Logo

११ कार्तिक २०८३, बुधबार

अस्ताउँदो घामको सुनौलो रङमा रंगिएको लाकुरी भञ्ज्याङ जहाँ प्रकृति मुस्कुराउँछ। अनि, प्रकृतिलाई हेर्दै कैयौँको मन रमाउँछ।

ललितपुरको महालक्ष्मी नगरपालिकामा पर्ने लोकप्रिय गन्तव्य हो, लाकुरी भञ्ज्याङ। ग्वार्को चोकबाट दक्षिणपूर्वतर्फको करिब १३–१४ किलोमिटर टाढा रहेको यो ठाउँ लुभु र लामाटारको बाटो हुँदै पुगिन्छ।

लाकुरी भञ्ज्याङबाट काठमाडौँ, ललितपुर र भक्तपुरको मनोरम दृश्यका साथै सफा मौसममा हिमशृङ्खलाहरु पनि देख्न सकिन्छ। सूर्योदय, सूर्यास्त, फोटोग्राफी र प्रकृतिमा रमाउन चाहनेहरूका लागि आकर्षक यो ठाउँ हाइकिङ, साइकलिङ र पिकनिकका लागि समेत धेरैको रोजाइमा पर्दै आएको छ।

प्रकाशित मिति: ११ कार्तिक २०८३, बुधबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *