‘काठमाडौँ हरर फिल्म फेस्टिभल’को दोस्रो संस्करण अक्टोबर ३० देखि नोभेम्बर १ सम्म रसियन हाउस काठमाडौँमा हुँदैछ। अन्तर्राष्ट्रिय आह्वानमार्फत प्राप्त हरर, थ्रिलर, सुपरनेचुरल, डार्क फ्यान्टसी र लोककथामा आधारित फिल्महरूमध्येबाट फेस्टिभलले २६ फिल्म (८ फिचर र १८ सर्ट) छनोट गरेको छ। छनोटमा २१ देशका फिल्म छन्, जसमध्ये ५ वटा नेपाली निर्माण वा सह-निर्माण हुन्।
“हरर अहिले सिनेमाको सबैभन्दा सिर्जनशील विधामध्ये एक हो,” फेस्टिभल निर्देशक रशिक पाठकले भने, “फिल्ममेकरहरू यसमार्फत लोककथा, मनोविज्ञान, समाज र पहिचानका विषय उठाउँछन्। केएचएफएफले यस विधामा काम गर्ने नेपाली फिल्ममेकरहरूलाई दर्शक र समुदायसँग जोड्छ। यस संस्करण मार्फत हामी उनीहरूलाई विदेशका थप फिल्ममेकरहरूसँग सम्पर्कमा ल्याउन चाहन्छौँ।”
काठमाडौँ हरर फिल्म फेस्टिभल नेपाल कल्चरल एन्ड फिल्म एकेडेमी (एनएफसिए) ले आयोजना गर्ने हरर तथा जेनर सिनेमा केन्द्रित फेस्टिभल हो। सन् २०२५ मा सुरु भएको यो फेस्टिभलले नेपाली फिल्ममेकरहरूलाई स्थानीय लोककथा, मिथक र परम्परामा आधारित कथा भन्न प्रोत्साहन गर्छ र विश्वका जेनर फिल्महरू नेपाली दर्शकसम्म ल्याउँछ।
छनोट भएका फिचर फिल्महरू (८)
1 Abandoned – Joby Stephens (80 mins UK)
2 Frost Pavle – Vučković (109 mins Serbia)
3 Kill Me – Peter Warren (104 mins USA)
4 In This Darkness I See You – (Nadim Tabet 85 mins Lebanon, France, Qatar, Saudi Arabia)
5 The Wrath – (Shayne Putzlocher 91 mins Canada)
6 The Ones Who Grieve – (Quarxx 115 mins France, USA)
7 Poultry Farm – (Mohammadreza Ardalan 98 mins Iran)
8 Mokshya (Subarna Poudel) 50 mins Australia, Nepal
छनोट भएका फिचर फिल्महरू (१८)
1 KNAR – Akash Dhimal (16 mins Nepal)
2 OBEY – Jordan Wippell (11 mins USA)
3 Cosmonauts – Leo Cernic (14 mins Italy, Slovenia)
4 The Leader Will Come – Micheil Geluykens, Manuel Janssens (17 mins Belgium)
5 Happy – Victor Basallote (7 mins Spain)
6 Something Scary – Jeff Zorrilla (24 mins Argentina)
7 Merkurio – Sébastien Pesle (25 mins France)
8 Sincopat – Pol Diggler (13 mins Spain)
9 Sinner – Raksha Thapa (14 mins Nepal)
10 Lifelines – Bruno Richaud (13 mins France)
11 The Old Man and The Grave – Prabhat Gurung (6 mins South Korea)
12 Septeno – Óscar Pérez 29 mins Spain)
13 Egg – Tomoka Tabata 19 mins Japan)
14 Vagabond – Philippe Woodtli (15 mins Switzerland)
15 Lakhey – Veemsen Lama (15 mins Nepal)
16 A.L.I.C.E. – Maxim Chebotarev (15 mins Nepal)
17 Favela Amarela – Nicholas Lobato, Thiago Tuchu (20 mins Brazil)
18 D3STRO – Joshua Torresvalle (7 mins Mexico)




