Logo

२२ आश्विन २०८३, बिहिबार


चर्चित भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवास्थित निवासमा बिहीबार बिहान अचेत अवस्थामा भेटिएका उनलाई तत्काल मणिपाल अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा बिहीबार बिहान अस्पतालमै उनको निधन भएको हो। उनको मृत्युको प्रारम्भिक कारण गम्भीर कार्डियक अरेस्ट रहेको बताइएको छ।

सन् १९५१ जनवरी १ मा महाराष्ट्रमा जन्मिएका पाटेकरको फिल्मी यात्रा सन् ‘गमन’ १(७८ बाट सुरू भएको थियो। थिएटर हुँदै सिनेमामा उदाएका उनले हिन्दी र मराठी दुवै भाषाका सिनेमामा फरक खालका चरित्रमार्फत आफ्नो बलियो पहिचान बनाए।

‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘प्रहार’, ‘तिरंगा’, ‘खामोशी : म्युजिकल’, ‘अब तक छप्पन’ तथा ‘नटसम्राट’ उनका केही उल्लेखनीय फिल्म हुन्। मौलिक अभिनय र अझ वजनदार संवादका कारण उनी पृथक अभिनेताका ?पमा चिनिन्छन्। गम्भीर र विद्रोही चरित्रमा प्रभावशाली देखिने पाटेकरले ‘वेलकम’को उदय शेट्टीमार्फत हास्यप्रधान भूमिकामा पनि उस्तै लोकप्रियता पाए।


उनले ‘प्रहार स् द फाइनल अट्याक’ निर्देशन गरेका थिए। आफ्नो योगदानका लागि तीन राष्ट्रिय फिल्म पुरस्कारसहित विभिन्न सम्मान प्राप्त गरेका पाटेकरलाई सन् २)१३ मा पद्मश्री प्रदान गरिएको थियो।

प्रकाशित मिति: २२ आश्विन २०८३, बिहिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *