अस्कर कलेजले ‘फिचर सिनेमा पिचिङ’ कार्यक्रम आयोजना गर्ने भएको छ। असोज २० गते सुकेधारास्थित मर्क्युर होटलमा अस्कर कलेजबाट दीक्षित विद्यार्थीहरूले नेपाली सिनेमा उद्योगका स्थापित निर्माता, निर्देशक, वितरक तथा सिनेमाकर्मीहरूमाझ आफ्ना फिचर सिनेमा पिच गर्ने भएका हुन्। सिनेमा कलेजलाई नेपाली फिल्म उद्योगसँग जोड्न यो एउटा महत्वपूर्ण तथा ऐतिहासिक अवसर हुने अस्करका प्रधानाध्यापक रामराजा दाहालले बताए। यस पिचिङ कार्यक्रमबाट नेपाली सिनेमा उद्योगले फरक दृष्टिकोण तथा नयाँ प्रतिभाहरू पाउने प्रधानाध्यापक दहालकाे भनाइ छ।

कार्यक्रममा नेपाली सिनेमा उद्योगमा सक्रियतापूर्वक काम गरिरहेका निर्माता, निर्देशक, वितरक तथा सिनेमाकर्मीहरू गरी ५० जना भन्दा बढी व्यक्तित्वहरूको सहभागीता रहने कलेजले जनाएको छ। दीक्षित विद्यार्थीमध्ये आन्तरिक छनौटबाट छानिएका १० जना विद्यार्थीले आआफ्ना फिचर सिनेमा परियोजना पिचिङ गर्ने छन्।कलेजले यस किसिमको बृहत पिचिङ कार्यक्रम पहिलो पटक आयोजना गर्न लागेको हो जसलाई विषयमा निरन्तरता दिइने प्रधानाध्यापक दहालले बताए।




