Logo

२२ कार्तिक २०८३, आइतबार

नेपाली कला, संस्कृति, प्राकृतिक सौन्दर्य तथा आत्मीयतालाई समेट्दै नयाँ सांगीतिक प्रस्तुति ‘यात्रा– खुला किताब हो’ सार्वजनिक भएको छ।

द चिनारी प्रिजेन्ट्समार्फत सार्वजनिक गीतले नेपालको प्राकृतिक सुन्दरता, मौलिक कला–संस्कृति, परम्परा र नेपालीपनलाई सांगीतिक माध्यमबाट प्रस्तुत गरेको छ।

कृति श्रेष्ठको स्वर रहेको गीतमा शब्द तथा संगीत विक्रम राजवंशीको छ। ताजन्ना श्रेष्ठले अभिनय गरेको गीतको छायांकन तथा सम्पादन अंकुर गुरुङले गरेका हुन्।

नेपाली कला, संस्कृति र प्राकृतिक सौन्दर्य उजागर गर्ने उद्देश्यसहित तयार पारिएको यस सांगीतिक प्रस्तुतिले नेपालप्रतिको माया, आत्मीयता र मौलिक पहिचानसमेत झल्काएको छ।

तिहार तथा नेपाल संवत् नयाँ वर्षको अवसर पारेर सार्वजनिक गीतले नेपाली संगीतप्रेमी दर्शकमाझ सकारात्मक सन्देश प्रवाह गर्नुका साथै नेपाली संस्कृति र पहिचानको प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा राखिएको गीतकार तथा संगीतकार विक्रम राजवंशीको भनाइ छ।

प्रकाशित मिति: २२ कार्तिक २०८३, आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *