
वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ। आइतबार बेलुकी साँझ ८ बजे पुरानो बानेश्वरस्थित फ्रन्ट लाइन अस्पतालमा उहाँको निधन भएको स्रोतले जानकारी दिएको छ ।
उहाँले मृत्युपश्चात आफ्नो शरीर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दान दिने निर्णय गर्नुभएको थियो । सोही अनुसार उहाँको शव पाटन अस्पताललाई दिइएकाले अन्त्येष्टिको कार्यक्रम नहुने परिवारले जनाएको छ । रिसाल १९८५ सालमा जन्मिनुभएको थियो ।