काठमाडौँ, १८ कात्तिक : भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ३८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
नेपाल प्रहरीले दिएको अनुसार जाजरकोटमा १०० र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिउँसो २ बजेसम्म संकलन गरेको विवरण अनुसार घाइतेको संख्या १६६ पुगेको छ । जसमा जाजरकोटका ८१ र रुकुमपश्चिमका ८५ रहेका छन् । उपचारपछि घर फर्केकाले घाइतेको संख्या भने केही घटेको छ ।
जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।