काठमाडौं । प्रमुख सत्ता घटक दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहदुर देउवाबीच शनिबार भएको वार्ताले नेपाली राजनीतिमा तरङ्ग छाएको छ ।
सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीभित्र पुराना दलहरुसँगको सत्ता सहकार्य गर्नु उचित नभएको भन्दै विवाद चलिरहेको समयमा ओली र देउवाबीच छलफल हुनुलाई अर्थपूर्ण हेरिएको छ ।
रास्वपाभित्र सरकारको विषयमा विवाद बाहिरिएपछि पुष्पकमल दाहाल नेतृत्वको सरकारको आयुमाथि संशय भएको छ । रास्वपा महामन्त्री मुकुल ढकालले सरकारबाट तत्काल बाहिरिनु पर्ने प्रस्ताव राखेपछि सत्ता गठवन्धनको आयुबारे संशय भएको हो । रास्वपा जुनसुकै समयमा सरकारबाट बाहिरिएको खण्डमा प्रचण्ड नेतृत्व सरकार ढल्ने निश्चित छ । जसले गर्दा सशंकित भएका ओली पनि कांग्रेससँग सत्ता सहकार्य गर्न नसक्ला भन्ने छैन ।
रास्वपा सरकारबाट बाहिरिएको खण्डमा ओली पनि सरकारको नेतृत्व गर्न कांग्रेसले सहयोग गरेको खण्डमा जुनसुकै कदम चल्न सक्छन् । किन भने विगतमा ओलीले सत्ताको लागि दुईपटक संसद विघटन गरको जिवितै छ । उता कांग्रेसले रास्वपाभित्रको आन्तरिक विवादकै समयमा सरकार ढाल्न लागेका छन् । देउवाले ओलीलाई आलोपालो सरकारको नेतृत्व गर्न प्रस्ताव राखेका छन् । ओली पनि प्रचण्ड नेतृत्वको सरकार ढल्न सक्ने सम्भावना देखिएपछि कांग्रेससँग नजिकिएका छन् ।